Sagun Khabar
कञ्चनपुरमा हातहतियारसहित तीनजना भारतीय डाँका पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा तीन जना भारतीय डाँका पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी गाउँबाट भारतीय डाँका हतियारसहित पक्राउ परेका हुन् । स्थानीयको सहयोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

गाउँमा लुटपाटका लागि आएका डाँकाहरुलाई स्थानीयले घेराबन्दी गरेका थिए । शुक्रवार राति एक र शनिवार बिहान २ जनालाई प्रहरी र स्थानीयले मिलेर नियन्त्रणमा लिएका हुन् । उनीहरुको साथबाट एक पेस्तोल र आठ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update