Sagun Khabar
कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीयले राजमार्ग बन्द गरे
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट बेदकोट नगरपालिका ६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । दार्चुलाका लागि छुटेको बसले विद्यार्थीलाई ठक्कर दिएको हो । 

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिए । घर सिसैयाबाट साइकलमार्फत कलेज गइरहेका उनी दुर्घटनामा परेका हुन् । घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update