Sagun Khabar
कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु 

कञ्चनपुर –बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

Atrya hospital

महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बसले बैजलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update