Sagun Khabar
जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा तीन जना पक्राउ
Atrya hospital

 कञ्चनपुर –कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । 

१७ बर्षीया ती किशोरीलाई पक्राउ परेका तीन जनासहित थप केही अपरिचित व्यक्तिले जबरजस्ती करणी गरेको पीडित पक्षको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update