कञ्चनपुर –कञ्चनपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउँदको अग्रता कायमै रहेको छ । उनी एमालेका उम्मेदवार नरबहादुर धामी भन्दा ३ हजार ६६ मतले अगाडि रहेका छन् ।
प्रतिनिधि सभा सदस्यको ३५ हजार ३८१ मत गणना गर्दा साउँदको १५हजार ४०९ मत छ भने धामीको १२ हजार ३४३ मत छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १मा एमालेका उम्मेदवार अगाडि छन् । उक्त निर्वाचन क्षेत्रमा २५ हजार ६९५ मत गणना गर्दा एमालेका उम्मेदवार बचनबहादुर सिंह ७ हजार ९५५ मत ल्याएका छन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाटले ७ हजार ८४३ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीका गीता चौधरीले ४हजार २४८ मत पाएकी छिन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा– २ मा २२ हजार ६४६ मत गणना सकिएको छ । उक्त क्षेत्रमा काँग्रेसका उम्मेदवार बहादुर सिह थापाले अग्रता लिएका छन् उनले ७ हजार ६६४ मत पाएका छन् । एमालेका उम्मेदवार कृपाराम रानाले ६हजार ६६५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार लालबहादुर खड्काको ३ हजार ३०३ मत छ ।