Sagun Khabar
कञ्चनपुर–१ मा एमालेका तामाङ दोब्बर मतले अगाडि

कञ्चनपुर –कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङ दोब्बर मतले अग्रता लिएका छन् । १३ हजार ८ सय ८९ गणना हुँदा तमाङले ७ हजार २ सय ५३ मत पाएका छन् । 

नेकपा माओवादी केन्द्रका उम्मेदवार बीना मगर ३ हजार ८ सय ५ मत सहित पछ्याइरहेकी छन् । प्रदेशसभा (१)मा पनि एमाले उम्मेदवार बीरबहादुर थापा अगाडि छन् । 

Atrya hospital

१२ हजार ३ सय ६७ मत गणना हुँदा उनले ६ हजार ३७ मत पाएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ३ हजार २ सय ९४ मत पाएका छन् । 

यसैगरी, प्रदेशसभा(२)मा नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टको अग्रता छ । ९हजार ९ सय ६८ मत गणना हुँदा उनले ३ हजार ३ सय ८२ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका पल्लवराज भट्टले २ हजार ९ सय ५० मत पाएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update