Sagun Khabar
कञ्चनपुरमा मतगणना शुरु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ । जिल्ला समन्वय समिति महेन्द्रनगरको सभाहलमा गणना भइरहेको छ । 

यस्तै क्षेत्र नं २ को पनि मतगणना शुरु भइसकेको जनाइएको छ । कालिका माध्यमिक विद्यालय असैना झलारीमा मतगणना भइरहेको बताइएको छ । 

क्षेत्र नं १ को भने दिउँसो ३ बजेबाट मतगणना गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले जानकारी दिए । क्षेत्र नं १ को मतगणना बेलौरी नगरपालिका–४ को सभाहलमा हुने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update