Sagun Khabar
कञ्चनपुरमा कांग्रेस नेता जोशीको घर नजिक शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ । आइतबार दिउँसो नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो । 

नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको छ । महेन्द्रनगर माध्यमिक विद्यालय मतदान केन्द्र नजिक रहेको जोशीको घरको पर्खालमा अज्ञात व्यक्तिले शंकास्पद वस्तु राखेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update