Sagun Khabar
कञ्चनपुरमा नेकपा बहुमतका ८ जना पक्राउ
Atrya hospital

 कञ्चनपुर –कञ्चनपुरमा प्रहरीले नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

इन्चार्ज दयालबाहेक अन्यको नाम भने प्रहरीले खुलाएको छैन । नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आह्वान गर्दै आएका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update