Sagun Khabar
बझाङका दुई युवक लागु औषध सहित कञ्चनपुरमा पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका–४ बुटाबारीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २१ मिलिग्रामसहित २ जनालाई बिहीबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

बझाङको जयपृथ्वी नगरपालिका–८ सिलाखेती बस्ने २३ वर्षीय उमेश धामी र सोही ठाउँका १९ वर्षीय महेश धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Atrya hospital

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००९ प ६५०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update