Sagun Khabar
भीमदत्त नगरको टिप्परमा अज्ञात समूहद्वारा तोडफोड 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको टिप्पर तोडफोड गरिएको छ । नगरपालिकाको म १ ग ३२ नम्बरको टिप्परमाथि ढुंगा प्रहार गरिएको हो । 

नगरपालिकाको वडा नं १ रौटेला खोलाबाट ग्राभेल लिएर फर्किरहेको टिप्परमाथि वडा नं ३ तिलकपुरमा ढुंगा प्रहार भएको हो । अज्ञात समूहले ढुंगा प्रहार गरेको नगरपालिकाले जनाएको छ । मोटरसाइकलमा आएर दुई जनाले टिप्परलाई रोकेर अगाडीको सिसा तोडेको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए । 

ढुंगा प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update