Sagun Khabar
कञ्चनपुरमा काँग्रेसले बागी उम्मेदवारसहित १५ जनालाई पार्टीबाट निकाल्यो 
Atrya hospital

कञ्चनपुर –नेपाली काँग्रेस कञ्चनपुरले दुई दर्जनबढी नेता–कार्यकर्तालाई निष्कासन गरेको छ । पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र मनोनयन फिर्ता नलिएका १५ जनालाई काँग्रेसले पार्टीबाट निकालेर कारवाही गरेको हो ।

बागी उम्मेदवारी दिने उम्मेदवारसहित तिनका समर्थक र प्रस्तावकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरिएको कञ्चनपुर कांग्रेसले जनाएको छ । विधानको परिच्छेद ९ को धारा ३४ को १ ‘घ’ बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशित गरिएको संयोजक नाफुसिंह साउदद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

दिपकबहादुर सिंह, शारदा चन्द, गिरीराज पाण्डेय, नारायण बोहरा, दिल्लीराज पनेरु, जगदशी अवस्थी, दुर्गादत्त पाण्डेय, मदन दमाई लगायतलाई पार्टीबाट निष्कासन गरिएको काँग्रेस कञ्चनपुरले जनाएको छ । 
त्यस्तै, धनबहादुर शाही, पिताम्बर जोशी, खेम चौधरी, मोतिराम राना, सञ्जिव सिंह राना, जगत सायरलाई पनि कारवाही गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update