Sagun Khabar
भारतीय सीमा नाकाबाट कञ्चनपुरकी दुई युवतीको उद्धार 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा भारतीय सीमा नाकाबाट दुई युवतीको उद्धार गरिएको छ । जिल्लाको बेलौरी नगरपालिकास्थित भारतीय सीमा नाकाबाट वेदकोट नगरपालिका–५ धरमपुरकी १७ र २० वर्षीया युवतीको उद्धार गरिएको हो । 

शनिबार दिउँसो बेलौरी–खजुरीया सीमा नाका भएर भारत जान लागेको अवस्थामा उनीहरुको उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीकी परामर्शदाता नितु विष्टले बताइन् । 

उद्धार गरिएका दुवै जनालाई आइतबार घर परिवारको जिम्मा लगाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update