Sagun Khabar
कञ्चनपुरको बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए । चुनावका बेला सर्पदंश केन्द्र सञ्चालन गर्ने प्रतिबद्धताअनुसार केन्द्रको स्थापना गरी सर्वसाधारणलाई स्थानीयस्तरमै उपचार गर्ने व्यवस्था गरिएको उनले बताए ।

सर्पदंश लागे स्थानीय बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर सेवा लिन सक्ने उहाँको भनाइ रहेको छ । आइतबार गाउँपालिका प्रमुख हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथले केन्द्रको संयुक्तरुपमा शुभारम्भ गरे। केन्द्र सञ्चालनमा आएपछि बेलडाँडीसँगै बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकाका क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन्। 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update