Sagun Khabar
कञ्चनपुरमा बदेलको मासु सहित सरकारी कर्मचारी पक्राउ  

कञ्चनपुर –कञ्चनपुरमा बदेल मासु सहित एकजना सरकारी कर्मचारी र एकजना अर्को गरेर दुई जना पक्राउ परेका छन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बदेलको मासुसहित सरकारी कर्मचारी र थप एक जना पक्राउ परेका परेका हुन् । पूर्व–पश्चिम राजमार्गको अर्जुनीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा चेकजाँचका क्रममा जंगली बदेलको मासुसहित २ जना पक्राउ परेका हुन्। 

Atrya hospital

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरचना अधिकृत तथा सुचना अधिकारी मनोज ऐरका अनुसार कृष्णपुर नगरपालिका ४ बस्ने प्रकाशबहादुर देउवा र सोही नगरपालिका ५ बस्ने दलबहादुर देउवालाई पक्राउ गरिएको छ ।

अर्जुनीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा सरकारी नम्बर प्लेटको म१ब४९४ नम्बरको मोटरसाइकलमा बदेलको मासुसहित उनीहरुलाई पक्राउ गरिएको हो । अनुसन्धान प्रभावित हुने भन्दै निकुञ्जले कर्मचारीको अन्य विवरण तथा बयान गोप्य राखेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update