Sagun Khabar
कञ्चनपुरका दुई जना उम्मेदवार विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

कञ्चनपुर –कञ्चनपुरबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका २ जनाविरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसभा सदस्यका उम्मेदवार पल्टु राना र प्रतिनिधिसभा सदस्यका उम्मेदवार मदन दमाईविरुद्ध मुद्दा दर्ता गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालिन अध्यक्ष पल्टु राना र विचौलिया मदन दमाईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए । 

Atrya hospital

पल्टु राना कञ्चनपुर क्षेत्र नम्बर १ (१) मा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेदवार छन् । मदन दमाईले स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका छन् । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम बिगोसहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ । 

रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ । बिचौलिया घोषित गरेर दमाईलाई ३७ लाख ४६ हजार ८ सय ८० रूपैयाँ बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ । राना र दमाईविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम ३७ लाख बढि रूपैयाँँ बिगोसहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना तत्कालिन अध्यक्षसहित ३७ जनाको नाममा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update