Sagun Khabar
कञ्चनपुरको रारा होटेलमा साथी सँगै सुतेका एक युवक मृत फेला 
Atrya hospital

कञ्चनपुर- कञ्चनपुर महेन्द्रनगरको एक होटेलमा साथीसँगै सुतेका युवक मृत फेला परेका छन्। महेन्द्रनगरस्थित गल्ली नम्बर ४ मा रहेको रारा होटलमा साथी सँगै सुतेका एक युवक मृत भेटिएका हुन्।

होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका–१का किसन साउँद मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताएका छन्।  

मृतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update