Sagun Khabar
कञ्चनपुरमा शिक्षकलाई तलब खुवाउन मन्दिर भेटी

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ। विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएपछी निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन मन्दिर समितिले भेटी सहयोग गरेको हो। 

समितिले विद्यालयलाई यस वर्ष ३ लाख ९६ हजार रुपैयाँ सहयोग गरेको छ। दुई वर्ष कोरोना महामारीका कारण विद्यालयलाई आर्थिक सहयोग गर्न नसकेको सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले बताए।  समितिले भेटी, पसल बहाल र मन्दिरमा चढाइने प्रसादको ठेक्काबाट आम्दानी गर्दै आएको  बताइएको छ ।

Atrya hospital

समितिले सहयोग गरेपछि विद्यालयले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको हो। विद्यालयमा निजी स्रोतका शिक्षकले तीन वर्षदेखि तलब खान पाएका थिएनन् । विद्यालयसित आन्तरिक स्रोत नभएपछि मन्दिर समितिलाई सहयोगका लागि आग्रह गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक उद्धव चन्दले मन्दिर समितिले सहयोग गरेपछि मात्रै शिक्षकलाई तलब खुवाउन सकिएको बताए।
 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update