Sagun Khabar
कञ्चनपुरमा आगोले पोलिएर  महिलाको मृत्यु

 कञ्चनपुर- कञ्चनपुरमा आगोले पोलिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका-५ शोभातालकी २५ वर्षीया गीता चौधरीको आगोले पोलिएर मृत्यु भएको प्रहरीले बताएको हो।

प्रहरीका अनुसार गत शुक्रबार खाना पकाउने बेला दाउराको आगोले पोलिएर उनी घाइते भएकी थिइन्। उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा अस्पतालले उपचार सम्भव नभएको भन्दै काठमाडौँ लैजान सुझाएका थिए। उनको बाटोमै मृत्यु भएको हो।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update