Sagun Khabar
कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा चार जना पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ परेका छन् । जिल्लको  शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए । 

Atrya hospital

बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका थिए । प्रहरीलाई खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको शाहले बताए । 

पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update