Sagun Khabar
कञ्चनपुरमा दुई महिला सहित तीनजनाको शव फेला 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा तीन ओटा बेवारिसे शव फेला परेका छन् ।  जिल्लाको लालझाडी गाउँपालिका–१ मा उखुबारीमा दुई जनाको र पुनर्वास नगरपालिका १० मा दोदा नदी नजिक एक जनाको एक शव फेला परेको प्रहरीले बताएको छ । 

तीन ओटै शवको पहिचान भने नखुलेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । शवहरु सडेको अवस्थामा रहेका प्रहरीले जनाएको छ । दोदा नदी किनारमा भेटिएको शव र उखुबारीमा भेटिएका दुई ओटा शवमध्ये एउटा शव महिलाको बताइएको छ । 

शवहरु सडेकाले सजिलै पहिचान गर्न सकिने अवस्था नभएपनि लुगा र चुराबाट दुई ओटा शव महिलाका हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवबस्तीका प्रहरी निरीक्षक नरेश मल्लले बताए ।
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०९:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update