कञ्चनपुर – अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको छ ।
महाकालीमा पानीको सतह बढेर एक लाख ६४ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
पानीको सतहले खतराको चिन्ह्र नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको हो ।
प्रकाशित मिति: शनिबार, असोज १, २०७९ १०:२७
प्रतिक्रिया दिनुहोस्