Sagun Khabar
बैतडी अस्पतालमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी–जिल्ला अस्पताल बैतडीमा भोलि (शुक्रबार) निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

मानसिक समस्या भएका बिरामीहरुलाई मध्यनजर गरेर मानसिक स्वास्थ्य शिविर सञ्चालनको तयारी भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. अरविन्द जोशीले जानकारी दिए । 

शिविरमा मानसिक रोग बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने भएकाले मानसिक समस्या भएका बिरामीहरुलाई शिविरमा आएर सेवा लिन आग्रह गरिएको डा. जोशीले बताए । शिविरमा गेटा अस्पतालका बिशेषज्ञ चिकित्सकसहितको टोलीले सेवा दिने बताइएको छ । 

शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म शिविर सञ्चालन हुने बताइएको छ । मानसिक समस्या भएका बिरामीहरुलाई सेवा लिन सहज होस भनेर जिल्ला अस्पताल मानसिक स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भएको जिल्ला अस्पतालका प्रमुख डा. जोशीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update