Sagun Khabar
बैतडीको रुद्रेश्वर स्वास्थ्यचौकीमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका –३ स्थित गाँजरी स्वास्थ्यचौकीमा निशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 

स्वास्थ्य कार्यालयको आयोजना र डिलाशैनी गाउँपालिकाको समन्वयमा यही जेठ १६ गते शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए । 

शिविरमा चिकित्सकद्वारा बिरामीको चेकजाँच, निदान, उपचार र प्रेषण सेवा उपलब्ध हुने बताइएको छ । यस्तै पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ, गर्भवती महिलाहरुको चेकजाँच र अल्ट्रासाउण्ड सेवा, पाठेघर खस्ने समस्याको पहिचान र व्यवस्थापन सेवा, परिवार योजनाको लामो अवधिका अस्थायी साधन, यौन रोग र स्त्रीरोग सम्बन्धी चिकित्सकीय सेवा र निशुल्क औषधी वितरण सेवा शिविरमा उपलब्ध हुने भट्टले बताए । 

स्थानीयस्तरका महिलाहरुलाई उनीहरुकै गाउँठाउँका स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गर्न लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 
यसअघि यही जेठ १० गते बैतडीको गाँजरी स्वास्थ्यचौकीमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update