पञ्चेश्वरमा आइतबार बिदा नहुने
बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाले आइतबार बिदा नदिने भएको छ । सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरुलाई पत्राचार गर्दै गएको वैशाख २८ गतेको कार्यपालिकाको निर्णय अनुसार आजदेखि आइतबार पनि गाउँपालिका मातहतका सबै कार्यालयहरु खुला रहने बताइएको छ ।
कामको चाप बढेको र आइतबारको बिदाका कारण समस्या हुने देखिएकाले आइतबार कार्यालय सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सबै कार्यालयहरुमा आजदेखि आइतबार बिदा नहुने पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरसिंह भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३ ०७:४८
प्रतिक्रिया दिनुहोस्





