बैतडीको सुर्नयाका एक युवक भारतबाट बेपत्ता
बैतडी –बैतडीको सुर्नया घर भएका एक युवक भारतबाट बेपत्ता भएका छन् ।
सुर्नया गाउँपालिका–४ पालिगडा घर भएका ३८ बर्षीय शिवसिंह साउँद भारतको हरियाणा राज्यको रोतक जिल्ला बाबा मस्तनाथ भन्ने स्थानबाट बेपत्ता भएका उनका भाइ दिपक साउँदले बताए । गल्र्स होस्टेलमा काम गर्दै आएका साउँद गएको वैशाख २२ गतेदेखि बेपत्ता रहेका बताइएको छ ।
साउँद अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारजनमा चिन्ता छाएको छ । साउँदलाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वडा मोबाइल नम्बर ९७६३२७८२३० मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
साउँदका श्रीमती समेत सोही ठाउँमा काम गर्दै आएका बताइएको छ । एक्कासी श्रीमान बेपत्ता भएपछि उनलाई समेत समस्या भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३ ११:२९
प्रतिक्रिया दिनुहोस्





