Sagun Khabar
मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएपछि गोदावरीका मेयरलाई एक हजार जरिवाना

कैलाली –कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा दुर्घटनामा परेका छन् ।

शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएको हो । दुर्घटनापछि गरिएको परीक्षणमा मेयर भट्टले मदिरा सेवन गरेको खुलेपछि प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय कैलालीले मापसे गरेको आरोपमा पाँच सय रुपैयाँ र लापरबाहीपूर्वक सवारी चलाएको भन्दै थप पाँच सय रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रेम शाहीका अनुसार आफन्तमार्फत जरिवाना रकम बुझाइएपछि नियन्त्रणमा रहेको गाडी कागज गरेर छाडिएको छ । दुर्घटनामा मेयर सकुशल छन् भने गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update