Sagun Khabar
काँग्रेसका उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई जिम्मेवारीबाट हटाइन्छ : सभापति थापा

कैलाली –नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले क्रियाशील सदस्यहरूले रूखबाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताए ।

कांग्रेसको मान्छेले चुनावको दिनमा रूख चिन्हबाहेक अर्को चिन्हको बारेमा सोच्न पनि सक्दैन र सोच्न पनि पाउँदैन भन्ने बुझाई राखेर आफू हुर्केको भन्दै उनले अहिले पनि त्यही कुरा बुझ्ने गरेको बताए ।

सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने पनि बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update