Sagun Khabar
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा बैतडीका दुई जना घाइते 

बैतडी –कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा बैतडीका दुई जना गम्भीर घाइते भएका छन् । 

हिजो (शुक्रवार) राति साढे १० बजेको समयमा धनगढी उपमहानगरपालिका १ स्थित छ लेन सडकमा मोटरसाइकल दुर्घटना भएको हो । अत्तरीयाबाट धनगढी गइरहेको मोटरसाइकल दुर्घटनामा परेको हो । 

Atrya hospital

सुपप्र ०१–०१२ प २२३६ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

उक्त दुर्घटनामा मोटरसाइकल चालक बैतडीको दोगडाकेदार गाउँपालिका  ३ बस्ने २१ बर्षीय विनोद महरा र पछाडी सवार बैतडीको दशरथचन्द नगरपालिका ७ का २० बर्षीय  केशब शर्मा घाइते भएका छन् । 

उनीहरु दुवै जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक खड्काले बताए । 
 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update