Sagun Khabar
कांग्रेसको सय दिने बिशेष अभियान : शिवनाथको सुल्लेखानमा कार्यक्रम सम्पन्न 

बैतडी –नेपाली कांग्रेसले सञ्चालन गरेको सय दिने बिशेष अभियान अन्तर्गत आज बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा कार्यक्रम सम्पन्न गरिएको छ ।  

संगठन निर्माणमा जुटौं, सदभावका साथ अघि बढौं भन्ने मूल नाराका साथ अभियान सञ्चालनमा रहेको नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टले बताए । 

Atrya hospital

क्रियाशील सदस्यता वितरण, पालिका तथा वडा सम्मेलनका लागि सहजीकरण, पार्टीको विधानका बारेमा जानकारी दिन, स्थानीय सरकारका कामहरुलाई प्रभावकारी बनाउन, स्थानीय नागरिकका गुनासा सुन्न र सम्बोधनका लागि पहल गर्ने लगायतका उद्देश्य राखेर अभियान सञ्चालन गरिएको कार्यवाहक सभापति बिष्टले बताए । 

सुल्लेखानमा सम्पन्न भएको कार्यक्रममा अभियानका केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नेपाली कांग्रेसको संगठनलाई सुदृढ बनाउन र कांग्रेसजनका आवाज सुन्न अभियान सञ्चालन गरिएको बताए । अभियानले कांग्रेसलाई एकताबद्ध बनाउन सहयोग पुर्याउने उनले बताए । स्थानीयस्तरमा रहेका कांग्रेसका क्रियाशील सदस्यहरुको धारणा सुनेर पार्टीलाई आगामी योजना बनाउन अभियानले सघाउने केन्द्रीय सदस्य शेर्पाले बताए । 

कार्यक्रममा नेपाली कांग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, सहसचिव दशरथसिंह चाड, महासमिति सदस्य उत्तरबहादुर ऐर, महासमिति सदस्य ईश्वरी भट्ट, कांग्रेस नेता एवं शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । यसअघि हिजोमात्रै पञ्चेश्वरको आम्चोरामा कार्यक्रम सम्पन्न गरिएको थियो । 

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा अभियान अन्तर्गतका कार्यक्रम यसअघि नै सञ्चालन भइसकेका कार्यवाहक सभापति बिष्टले बताए । 

आइतबार डिलाशैनीको धामीगाउँमा कार्यक्रम सञ्चालन गरिने बताइएको छ । यस्तै माघ १४ गते दोगडाकेदारको चौगाउँ, माघ १५ गते पुर्चौंडीको तल्लादेही र माघ १६ गते सिगासको गर्जेमा बिशेष अभियान अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने योजना रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ । सिगासको गर्जेमा कार्यक्रम सञ्चालन गरेर बैतडीमा अभियानको समापन गर्ने योजना रहेको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update