बैतडी– राष्ट्रिय वाणिज्य बैंकको ६० औं बार्षिकोत्सवको अवसर पारेर भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटमा खानेपानी ट्यांकी राखिएको छ । विद्युतबाट चल्ने खानेपानी ट्यांकी राखिएको राष्ट्रिय वाणिज्य बैंक बैतडीका प्रबन्धक दिपेन्द्र अवस्थीले बताए ।
सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुलाई शुद्ध खानेपानीका लागि सहज होस भनेर ट्यांकी राखिएको प्रबन्धक अवस्थीले बताए । उक्त ट्यांकी सञ्चालन र संरक्षणका लागि सीमास्थित सशस्त्र प्रहरीले जिम्मा लिएको छ ।
यस्तै बार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक बैतडी शाखाले १० जना उत्कृष्ट ग्राहकहरुलाई सम्मान गरेको छ । बैंकसंग लामो समयदेखि कारोबार गर्दै आएका, असल ऋणी लगायतका १० जना उत्कृष्ट ग्राहकहरुलाई सम्मान गरिएको उनले बताए ।
यस्तै बार्षिकोत्सवको अवसरमा सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर मावि चौथालीलाई खेल सामग्री र ड्रेस हस्तान्तरण गरिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले बिहीबार ६० औं बार्षिकोत्सव मनाएको हो ।