बैतडी –शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञहरुले बैतडीको सिगास गाउँपालिकाका १५ माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षणको काम सकेर स्थानीय तहलाई प्रतिवेदन बुझाएका छन् ।
प्रतिवेदनमा १२ ओटा विद्यालयको नतिजा मध्यम र ३ ओटा विद्यालयको नतिजा सामान्य रहेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका २ जना विज्ञले झण्डै एक महिना लगाएर सिगासका विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गरेका हुन् ।
सिगास गाउँपालिकाको उदय मावि चुवागन्सुरले ५७.१५ प्रतिशत अंक पाएको छ । प्रतिवेदन अनुसार लेकलुपण माविले ७७.५ प्रतिशत, बालकृष्ण मावि न्वाघरले ६६.२ प्रतिशत, गणेश मावि लेकमबस्तीले ६८.९२ प्रतिशत, भूमीराज मावि थलाले ७५ प्रतिशत, महादेव मावि काँडाले ७२.७४ प्रतिशत, भुवनेश्वरी मावि खैरकोटले ७५.०४ प्रतिशत र शारदा मावि ढुंगाडले ७२.५७ प्रतिशत अंक प्राप्त गरेका छन् ।
यसैगरी अर्जुन मावि गाँजरीले ८५ प्रतिशत,सिगास मावि रक्सौनले ७८ प्रतिशत,शिवलिंग मावि बरगधौलाडीले ७८ प्रतिशत, पञ्चोदय मावि इरानाले ७७ प्रतिशत,नरेन्द्रपुर मावि बचकोटले ७६ प्रतिशत, शिव मावि गडतोलाले ७४ प्रतिशत र भुवनभाष्कर मावि चमडेखर्कले ७४ प्रतिशत अंक प्राप्त गरेका छन् ।
परीक्षण केन्द्रका विज्ञहरुले विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गरेर पालिकालाई प्रतिवेदन बुझाइसकेको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले बताए । सिगास गाउँपालिकाभित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर मापनका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रका दुई जना विज्ञ टेकबहादुर ओली र हर्कबहादुर ओली खटिएका थिए ।