बैतडी–बैतडीमा वडाको संख्या र सीमा हेरफेरका लागि प्रक्रिया अगाडि बढाइने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गठित अध्ययन समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
गाउँपालिका तथा नगरपालिका वडा विभाजन÷संख्या तथा सीमाना हेरफेर सम्बन्धी मापदण्ड, २०८३ अनुसार जिल्लामा समिति गठन भएको र उक्त समितिको बैठकले वडाको संख्या र सीमाना हेरफेरका बिषयमा आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख एवं अध्ययन समितिका संयोजक खगेन्द्रसिंह धामीले बताए ।
प्रत्येक स्थानीय तहहरुलाई मापदण्ड अनुसार वडाको संख्या र सीमाना हेरफेरका लागि सात दिनभित्र आवश्यक कागजात समिति बुझाउन लिखित आग्रह गरिएको उनले बताए । स्थानीय तहबाट प्राप्त विवरण अनुसार अन्य कामहरु अघि बढ्ने धामीले बताए ।
बैतडीमा अहिले ८४ ओटा वडा रहेका छन् ।




