बैतडी –बैतडीको मेलौली नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा दुई दिन सार्वजनिक बिदा दिइएको छ ।
नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थीहरुको सहभागितालाई ध्यानमा राखेर माघ ११ र १३ गते दुई दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए ।
मेलौली नगरपालिकामा भोलिदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । मेलौली भगवती मन्दिरको प्रांगणमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ १७:२६
प्रतिक्रिया दिनुहोस्