बैतडी–बैतडीको एक घरमा आगलागी हुँदा सात आगलागी हुँदा सात लाख बढीको क्षति भएको छ ।
जिल्लाको जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको चारकोठे दुईतले घरमा बुधबार दिउँसो आगलागी भएको हो ।
घरमा बालेको दियोबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
उक्त आगलागीबाट भट्टको घरमा रहेको २० तोला चाँदीसहित, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट हुँदा ७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीयहरुले मिलेर समयमै आगो नियन्त्रणमा लिएकाले मानवीय र पशुचौपायामा क्षति नभएको प्रहरी निरीक्षक पाण्डेयले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ १८:१८
प्रतिक्रिया दिनुहोस्