बैतडी–बैतडीमा रुखबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुगाउँकी ५१ बर्षीया कलावती साउँदको मृत्यु भएको हो ।
घर नजिकै रहेको भिमलको रुखमा स्याउला काट्ने क्रममा यही माघ ५ गते रुखबाट लडेर साउँद गम्भीर घाइते भएकी थिइन् ।
डडेल्धुरा अस्पतालमा उपचार गराइरहेकी साउँदको गएराति १० बजेतिर उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १०:३६
प्रतिक्रिया दिनुहोस्