 
                                                                    बैतडी – बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ६ मा भुमिराजमाण्डौं, हरिचन हुदै रौलाकेदार सम्म पर्यटकीय सडक कटिङ्ग सम्बन्धि बैठक सम्पन्न भएको छ ।
भुमिराज मन्दिरदेखि रौलाकेदार क्षेत्रसम्मको सडक कटिङ्ग तथा निर्माण कार्यलाई सुचारु गर्ने सम्बन्धमा स्थानीय बिच विस्तृत छलफल भएको सम्बाददाता अर्जुन कुवरले जानकारी दिए । वडा अध्यक्ष मदनराज अवस्थीको अध्यक्षता तथा गाउपालिका अध्यक्ष अम्मर कुवरको प्रमुख आतिथ्यमा बसेको बैठकले सडक परियोजनाको सफल कार्यान्वयन र निगरानीका लागि सल्लाहकार समिति समेत गठन गरेको छ ।
भुमिराज मन्दिरदेखि रौलाकेदारसम्मको सडक निर्माणको योजना अन्तर्गत न्वागदिना, छोटि खेत, पुटे खेत, केदार पुज्जा, पुतलीकी रोड, पडमजेली, बग्गे धुरा, चौशिला, उप्पायाचोर, दोमिल्ला, सल्मे लगायतका स्थानहरू समेटेर सडक कटिङ्गको कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढाइने निर्णय बैठकबाट गरिएको छ ।




 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    