Sagun Khabar
सुदूरपश्चिम कांग्रेसको प्रशिक्षण भदौ २८ देखि, सभापति देउवाले उद्दघाटन गर्ने 

बैतडी – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएका छन् । धनगढीमा शुक्रबार र शनिवार आयोजना हुने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्दघाटनका लागि सभापति देउवा धनगढी आउन लागेका हुन् । 

भदौ २८ गते बिहान साढे ११ बजे पार्टी सभापति देउवाले दुई दिने प्रशिक्षणको उद्दघाटन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले बताए । 

Atrya hospital

प्रशिक्षण कार्यक्रममा प्रदेश कार्यसमितिका पदाधिकारी,सदस्य, प्रदेशका जिल्ला सभापतिहरू, नीति अनुसन्धान तथा प्रशिक्षण शाखा प्रमुख, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरू, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरू, जिल्ला समन्वय प्रमुख÷उपप्रमुखहरू,नगरपालिका प्रमुख÷उपप्रमुखहरू,गाउँपालिका अध्यक्ष ÷ उपाध्यक्षहरूका साथै भातृ तथा शुभेच्छुक संस्थाका प्रदेश प्रमुखहरूको सहभागिता रहने बताइएको छ । 

cangres-sudur-1726031094.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update