Sagun Khabar
रसुवा बाढीः  नौजनाको शव भेटियो 

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएका नौजनाको शव भेटिएको छ । 

धादिङमा ६ जना तथा नुवाकोटमा तीनजना गरि नौ जनाको शव भेटिएको हो । 

हाल सरकारले हेलिकोप्टर परिचालन गरी घाइतेहरूको उद्धार गरिरहेको छ। सामान्य घाइतेलाई नुवाकोट तथा गम्भीरलाई काठमाडौं लगेर उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारि दिए । 

उद्धारका लागि १४ वटा हेलिकोप्टर परिचालन गरिएको छ । 

बाढीमापरि  सयौँ सम्पर्कविहीन छन्। 
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update