Sagun Khabar
रसुवा बाढीः जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका नौ जना कामदार सम्पर्कविहीन

बैतडी। भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण रसुवास्थित एक जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका नौ जना कामदार सम्पर्कविहीन भएका छन्।

आयोजना स्थलमा आएको बाढीपछि डडेल्धुराको आलिताल गाउँपालिकाका नौ जना कामदारहरूसँग सम्पर्क हुन नसकेको उनीहरूसँगै कार्यरत स्थानीय सुनील बुढामगरले जानकारी दिए।

सम्पर्कविहीन हुनेहरूमा आलिताल गाउँपालिका–३ कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली रहेका छन्। त्यस्तै, सोही गाउँपालिकाको वडा नं ७ नाउलीका दीपक घर्तीमगर, राजेश घर्तीमगर र किरण घर्तीमगर पनि बाढीपछि सम्पर्कविहीन भएका छन्।

आलिताल–३ कान्तिपुरबाट जलविद्युत् आयोजनामा काम गर्न पुगेका सात जनामध्ये छ जना र वडा नं ७ का तीन जना गरी कुल नौ जना बेपत्ता भएका हुन्।

बाढीका कारण जलविद्युत् आयोजनामा पुगेको क्षति तथा सम्पर्कविहीन भएका कामदारहरूको खोजी र उद्धारका लागि पहल भइरहेको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update