Sagun Khabar
बैतडीका दुई जना धनगढीमा लुटिए

बैतडी– बैतडीका दुई जना धनगढीमा लुटिएका छन् । रोजगारीको लागी भारत गएका बैतडीको सिगास गाउँपालिका–३ का खडकसिंह धामी र अमरसिंह धामी फर्किने क्रममा धनगढीमा लुटिएका हुन । 
भारतको हरिणामा ६ महिना रोजगारी गरेर धनगढीसँग सीमाना जोडिएको गौरीफन्टा नाका हुँदै नेपाल आउदै गरेका दुबै जना कैलाली भन्सार क्षेत्रमा लुटिएका छन् । बुधवार बिहान मोटरसाइकमा आएका २ जनाले सामान नै लगेर फरार भएका खडकसिंह धामीले बताए । गौरीफन्टामा बिहान साढे ५ बजे पुगेका दुबै जना भन्सार क्षेत्रमा लुटिएका हुन् ।

‘गौरीफन्टामै अटोवाला आएका थिए । उहाँले एक कट्टा ल्याउनुभयो । हामीहरु अटोमा आयौ । २ जना बाइकमा आएर सामान देखाउन भन्नुभयो । पुरानो सामानहरु केही गरेन । नयाँ समानहरु भन्सारमा लग्छु भनेर लग्नुभयो । हामीले प्रहरी सोचेका थियौ । अटोवालाले पत्रकार हो भन्यो ।  सामान लिने भए १० बजे भन्सार आउनु भन्नुभएको थियो । हामी भन्सार गयौ । तर, सामान भन्सारमा छैन ।’ लुटेराको विषयमा अहिलेसम्म कुनै अत्तोपत्तो छैन खडकसिंह धामीले भने ।

स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी चौराहका लागि विद्युतीय रिक्सामा आएका दुबै जना लुटिएका छन् । अमरले भने, ‘सामानको विषयमा प्रश्न गर्नुभएको थियो । पसल हालेको छ भन्नुभयो। घरका लागि हो भनेका हौ । तर, उहाँहरुले भन्सारमा चेक हुन्छ भन्नुभयो । लगेर जानुभयो । भन्सारमा सामान छैन। १० बजे हामी गएका थियौ।’ कपडा, साबुन, लगायतका सामान लगेको हो । प्रहरीलेसमेत लुटेराका विषयमा कुनै जानकारी नपाएको धामीले बताएकाछन् ।

यसका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीमा निवेदन दिएका छन् । प्रहरीले सीसिभिटि फुटेजसहितको विवरण सङ्कलनको काम थालेको जिल्ला प्रहरी कार्यालय  कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update