Sagun Khabar
बैतडी शिवनाथमा एमालेको नयाँ नेतृत्व, अध्यक्षमा शुक्र साउद  
Atrya hospital

बैतडी- नेकपा एमालेले बैतडीको  शिवनाथ गाउँपालिकामा  नयाँ नेतृत्व चयन गरेको  छ । सोमवार सम्पन्न गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको  हो ।

 शिवनाथको सौगाडामा सम्पन्न अधिवेशनबाट   अध्यक्ष पदमा शुक्रसिंह साउद  सर्वसम्मत चयन भएका नेकपा एमाले  बैतडी उप सचिव पार्वती  भट्टले जानकारी दिइन् । यस्तै  उपाध्यक्षमा सुरेन्द्रसिंह साउद, सचिवमा मानसिंह चाँड, उपसचिवमा गोपिराम सार्की, कहुरा साउद महता चयन भएका छन् ।

पार्टी अध्यक्ष नरेश बिक, पार्टी इन्चार्ज निरु पाल र केन्द्रिय  सदस्य  लिलाधर भट्ट , नेता पुरन सिंह दयाल लगायतका एमालेका नेता कार्यकर्ताको उपस्थितिमा सम्मन्न अधिवेशनले ४१ सदस्यीय गाँउपालिका कमिटी सर्वसम्मत चयन गरेको  एमाले बैतडीले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update