Sagun Khabar
धन कमाएर परिवार पालिरहेका  बैतडीका धन बहादुर भारतमा बिते
Atrya hospital

बैतडी - बैतडीका धन बहादुरको  भारतमा मृत्यु भएको  छ । भारतमा काम गरेर  परिवार  पालिरहेका  सुर्नया गाउँपालिका ८ सेलाका धन बहादुर साउदको भारतमा मृत्य भएको हो । रोजगारीको सिलसिलामा भारतको राजीस्थान जयपूरमा रहेका ४५ बर्षीय साउदको हृदयघातका कारण मृत्यु भएको आफन्त रामसिंह साउदले जानकारी दिए ।

 दुई दशक बढि समय देखि  भारतमा नौकरी गरेर  परिवार पालिरहेका धनबहादुर संसारबाट बिदा भएका छन्।  भारतमा काम गरिरहेका साउदको उतै  मृत्यु भएपछि  घरपरिवार विचल्लीमा परेको छ । मृतक साउदका  घरमा श्रीमती,एक  छोरा र ३ छोरी रहेका बताइएको  छ ।

भारतमा काम गरेर परिवार पाल्ने साउद  गत मंसिर महिनामा घर आएका थिए । छोराको  विहे गरेर नौकरी गर्न  फेरि भारत गएका उनि अब कहिल्लै नफर्किने गरि अस्ताएका छन् । उनको शव नेपाल ल्याउने तयारी भैरहेको आफन्तहरुले बताए । साउद भारतमा अस्ताएपछि गाउँ नै शोकमा डुबेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update