Sagun Khabar
बैतडीमा पनि मनाइयो विद्युतिय सुरक्षा दिवस  

बैतडी- बैतडीमा पनि  विद्युतिय सुरक्षा दिवस  मनाइएको  छ ।  नेपाल विद्युत प्राधिकरण  बैतडी वितरण केन्द्रले सोमवार विभिन्न कार्यक्रम गरेर विद्युति सुरक्षा दिवस मनाएको  छ ।

विद्युतिय  दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं भन्ने नाराका साथ आज विद्युतिय सुरक्षा दिवस बैतडीमा पनि मनाइएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए  ।

Atrya hospital

नेपाल विद्युत् प्राधिकरणले विगत केही वर्षदेखि प्रत्येक वर्षको चैत २६ गते विद्युत् सुरक्षा दिवस मनाउँदै आएको छ । अनावश्यक रूपमा विद्युत् उपयोग नहोस्, यसको किफायती उपयोग होस् र यसको उपयोग गर्दा यसबाट सुरक्षित रहन सकियोस् भन्ने हेतुले विद्युत् सुरक्षा दिवस मनाउन थालिएको हो । सोही अनुसार  आफुहरुले  पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरेर  दिवस  मनाएको  प्रमुख पौडेलले बताए ।

 कार्यालयबाट विद्युतिय  दुर्घटनाबाट बच्न  सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं भन्ने लगाएर गोठलापानी बजार सम्म  प्रभात फेरि र कार्यालय अन्तरकृया लगायतका अन्य  कार्यक्रम गरेर दिवस मनाएको उनले बताए । प्रभात फेरि,दुर्घटना,                     विद्युतिय अगलागीबाट कसरि बच्न सकिन्छ भन्ने  बारे डेमो सेसन लगायतका कार्यक्रम गरेर दिवस मनाइएको  उनको भनाई छ ।

 भान्सादेखि प्रविधिसम्म पाइला पाइलामा आवश्यक  विद्युत संवेदनशील र खतरनाक सेवा भएकाले यसबाट सुरक्षित रहन सबैमा अपिल   गरिएको  छ । कुनै  ठाउँमा विद्युतिय  समस्या देखिएमा तुरुन्त   खबर गर्न पनि  जिल्लाबासीलाई नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले  अनुरोध गरेको  छ । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update