Sagun Khabar
बैतडीको  डिलाशैनीका  नाथ कलिलै उमेरमा  अस्ताए !  

बैतडी- बैतडीका नाथ कलिलै उमेरमा अस्ताएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५  खोलिगाउँका धनदेव नाथका छोरा रमेश नाथको १९ वर्षको कलिलो उमेरमा निधन भएको हो ।

मृगौला पीडित नाथको उपचारको क्रममा काठमाण्डौँको बिर अस्पतालमा सोमवार निधन भएको स्थानीय युवा बिर बहादुर नाथले बताए । उनका अनुसार  लामो  समय देखि बिरामी नाथको  केहि दिन पहिले स्वास्थ्य  परीक्षणका क्रममा मृगौला फेल भएको पत्ता लागेको थियो ।

Atrya hospital

दुईटै मृगौला फेल भएर काठमाण्डौंमा उपचार गराइरहेका नाथको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई  बचाउन सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभियान पनि सञ्चालन गरिएको थियो । तर आज उनको उपचारकै क्रममा निधन भएको छ ।

केहि वर्ष पहिले नाथकी दिदीको पनि मृगौला फेल भएर निधन भएको थियो । नाथको अल्पायुमै निधन भएपछि  घरपरिवार, साथिभाइ, इष्ट मित्र र गाउँनै शोक मग्न भएको युवा बिरबहादुरले बताए । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update