Sagun Khabar
बैतडीको ज्ञानेश्वर नमूना माविको विव्यस अध्यक्षमा फेरि हरिश 

बैतडी–बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूनमा माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा फेरि हरिश बिष्ट सर्वसम्बत चयन भएका छन् । आइतबार सम्पन्न अभिभावक भेलाले बिष्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका हुन् । 

पाटन नगरपालिका वडा नं ८ का वडाअध्यक्ष समेत रहेका बिष्ट पाँचौं कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा चयन भएका प्रधानाध्यपक पुष्पराज जोशीले जानकारी दिए ।

Atrya hospital

९ सदस्यीय समितिको अन्य सदस्यहरुमा जगदीशसिंह बिष्ट, इन्द्रसिंह बोहरा, लिला भट्ट, हजारी महरा, लक्ष्मी  बिष्ट भाट रहेका छन् भने वडा नम्बर ९ वडा अध्यक्ष कालुसिंह भाट पदेन सदस्य रहेका छन् । 

अध्यक्ष बिष्टले विद्यालयको सर्वाङ्गिण विकासका लागि आफूले सक्दो पहल गर्ने र विद्यालयलाई अझै उत्कृष्ट बनाउने घोषण गरेका छन् । अभिभावकहरुले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक सम्पन्न गर्ने उनले बताए । उनी पाटन नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका छन् । 

यस्तै विद्यालयका पूर्व शिक्षक एवं पाटन नगरपालिका वडा नं ८ का पूर्व अध्यक्ष पृथ्वीराज पन्तको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ भने नरबहादुर भण्डारीको अध्यक्षतामा अनुगमन तथा मूल्यांकन समिति गठन भएको प्रधानाध्यापक जोशीले बताए । 

कक्षा १२ सम्मको पढाई हुने ज्ञानेश्वर नमूना माविमा कक्षा ९ देखि १२ सम्म प्राविधिक बिषयको समेत पठनपाठन हुँदै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update