Sagun Khabar
बैतडीको कटौजपानी स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा

बैतडी- बैतडीको कटौजपानी स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा सुरु भएको  छ। जिल्लामै विकट मानिने दोगडाकेदार गाउँपालिका वडा नम्बर–८ कालागाउँमा रहेको उक्त चौकीले सुरक्षित गर्भपतन सेवा सुरु गरेको  हो । सेवा सुरु भएपछि  सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य चौकीमा कार्यरत अनमी रमिता जोशीले जानकारी दिइन्।

फागुनदेखि सञ्चालनमा आएको उक्त सेवा एक महिनामा ४ देखि ५ जना महिलाले लिएको उनले बताइन्। सुरुमा सेवा लिनेको सङ्ख्या धेरै कम थियो। अहिले बिस्तारै त्यो क्रममा बढ्दै गएको उनको भनाइ छ । यस्तै, अनमी जोशीका अनुसार ‘सबै टोलमा आमा समूह छन्।  यो सेवा सञ्चालन भएपछि धेरै सजिलो भएको स्थानीय महिलारुले  बताए ।

Atrya hospital

 चौकीमा उक्त सेवा दिन थालेपछि आफुहरु निकै खुसी भएको त्यहाँका महिलाहरुको भनाइ छ। सुरक्षित गर्भपतन सेवा निःशुल्क रुपमा सरकारले लागू गरेको छ । इच्छा नभएका गर्भ पतन गराउन नचाहने महिला तथा किशोरीलाई सुरक्षित रुपमा गर्भपतन गराउने वातावरण तयार पार्नु चौकीको मुख्य उद्देश्य रहेको चौकीका इन्चार्ज महेश सिंह बिष्टले बताए।

उनले गर्भपतन गर्नुपर्छ भन्ने उद्देश्य नभएको तर असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पु¥याउने उनको भनाइ छ। सुरक्षित गर्भपतन गर्दा हुने सहजता र सेवाका बारेमा महिलालाई परामर्श तथा सल्लाह दिई गर्भपतन गराउने गरेको उनले सुनाए।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update