Sagun Khabar
लागु औषध नियन्त्रणका लागि बैतडी प्रहरीको गाउँ टोलमा जनचेतनामुलक कार्यक्रम

बैतडी- लागु औषध नियन्त्रणका लागि बैतडीमा प्रहरीले जनचेतनामुलक  कार्यक्रम जारी राखेको  छ ।  गाउँ टोलमै पुगेर लागु औषध नियन्त्रणका बिषयमा अन्तरक्रियात्मक छलफल गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको  छ ।

लागु औषध नियन्त्रणका बिषयमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । लागु औषधको प्रयोगले जीवनमा पार्ने प्रभावका बिषयमा छलफल गरेर  जानकारी दिने गरिएको  उनले बताए ।  यसका साथै लागु औषध सेवन गरेमा हुने हानी र कानुनी कारवाहीका बिषयमा जानकारी दिने गरिएको छ ।

Atrya hospital

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय  बैतडीले समयसमयमा यस्ता कार्यक्रम गर्ने गरेको  छ । जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरीचौकीबाट प्रहरी खटाएर सचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । लागु औषधको प्रयोगले मानिसको जीवन बर्बाद हुने भएकाले त्यस्तो कार्य रोक्नका लागि प्रहरीले सचेतना फैलाउने काम जारी राखेको प्रहरी प्रवक्ता केसीले  बताए ।

प्रहरीले अहिले  जिल्लाका विभिन्न गाउँ तथा टोलमा  पुगेर लागु औषध नियन्त्रणका बारेमा जानकारी दिने काम गरिरहेको छ । लागू औषध विरुद्धको महाअभियान २०८० र समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गत विहीवार कार्यालय मातहतका  प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले आ–आफ्नो वडामा पर्ने गाँउ, टोलमा गई स्थानीय बासिन्दा, व्यापारी, समाजसेवी तथा बुद्विजिवीहरुको उपस्थितीमा लागु औषध नियन्त्रण तथा ओसारपसार ,रोकथाम र सामाजिक अपराध न्यूनिकरण, यसको कानुनी पक्ष सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको  जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update