Sagun Khabar
बैतडीमा उन्नत जातका बोका  वितरण
Atrya hospital

बैतडी- बैतडीमा उन्नत जातका बोका  वितरण गरिएका छन् । सामुदायिक पशु प्रजन्न केन्द्र स्थापनाका लागि जिल्लाका १० ओटै स्थानीयतहमा उन्नत जातका बोका बितरण गरिएका हुन् ।  भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनकापशुसेवा विज्ञ केन्द्र पाटन बैतडीले मंगलवार बैतडीका दश वटै स्थानीय तहहरुमा  उन्नत जातका  बोका वितरण गरेकोे हो ।

१० ओटै पालिकामा बोका वितरण गरिएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका  प्रमुख श्याम सिंह खड्काले जानकारी दिए । दश वटा स्थानीय तहको सम्बन्धित शाखाबाट सिफारिस भएका सकृय कृषक समूहलाई वोयर,खरि,सिरोहि जातका बोका वितरण गरिएको उनले  बताए । यसबाट किसानहरुको बाख्रा पालन व्यवसाय फस्टाउने  अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update