Sagun Khabar
करेन्ट लागेर घाइते भएकी तितराको मृत्यु, क्षतिपूर्तीको माग गर्दै स्थानीले गरे सडक बन्द

 बैतडी–करेन्ट लागेर गम्भीर घाइते भएकी दार्चुलाकी कुमारी तितराको मृत्यु भएपछि क्षतिपूर्तीको माग गर्दै स्थानीयहरुले गोकुलेश्वर –गण्न्ना सडक अवरुद्ध गरेका छन् । 

करेन्ट लागेर गम्भीर घाइते भएकी दार्चुलाको शैल्यशिखर १ बारिलकी ५५ बर्षीया कुमारी तितराको उपचारका क्रममा मंगलबार राति मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय आन्दोलित भएका हुन् । 

Atrya hospital

गएको चैत ९ गते बाख्रा चराउने क्रममा तितरालाई करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।उनको काठमाण्डौंस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको हिजो राति निधन भएको हो । 
विद्युत प्राधिकरणले भुईमा लत्रिएको तारमा छोएर करेन्ट लागेको बताएको छ । तर स्थानीयहरुले भने होचो पोलका कारण छोइएर करेन्ट लागेको बताएका छन् । 

पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने, विद्युत प्राधिकरणसंग भएको सहमति अनुसार उपचार खर्च दिनुपर्ने लगायतका माग राखेर मृतकका आफन्त र स्थानीयहरुले बुधबार बिहानैदेखि गोकुलेश्वर–गण्ना–लटिनाथ सडक अवरुद्ध गरेका हुन् । 

स्थानीयहरुले सडक अवरुद्ध गरेपछि दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गण्ना हुँदै दार्चुलाको लटिनाथ सम्म जाने र आउने सवारी साधन बीचबाटोमै रोकिएका छन् ।

विद्युत प्राधिकरणको लापरवाहीका कारण दुर्घटना भएकाले आफूहरुका माग पूरा नहुँदा सम्म आन्दोलनका कार्यक्रम यथावत रहने शैल्यशिखर नगरपालिका १ बारिलका अक्षय तितराले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update